गायिका एन्जिला गौचनको ‘त्यो पहिलो नजर’ सार्वजनिक

काठमाडौं/गायिका एन्जिला गौचनको १३ बर्षपछि नेपाली भाषाको ‘त्यो पहिलो नजर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एन्जिला थकाली भाषामा गिति एल्बम निकाल्ने पहिलो गायिका पनि हुन् ।

२०६१ सालमा पहिलो एल्बम निकालेर उनले गायन यात्रा अंगालेकी हुन् । थासाङ ल्हम्बु एल्बम पछि उनले नेपाली भाषाको यो गीत सार्वजनिक भएको हो ।

‘त्यो पहिलो नजर’ मा सोहन मानन्धरको शब्द तथा संगीत रहेको गीत विजेश्वर तण्डुकारले एरेन्ज गरेका हुन् । यस गीतको भिडियोमा पछिल्लो समयकी व्यस्त मोडल तथा अभिनेत्री आँचल शर्मा र पासाङ योञ्जन लामालाई देख्न सकिन्छ । यस म्युजिक भिडियोमा छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने प्रविण श्रेष्ठले भिडियोलाई सम्पादन गरेका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...