01 Jun 2023, 10:39 AM (GMT)

Coronavirus Stats Nepal

1,003,340 Total Cases
12,031 Death Cases
991,287 Recovered Cases

सामूहिक बलात्कार गर्ने पक्राउ

लहान/रक्षाबन्धनको दिन सप्तरीको शम्भुनाथ नगरपालिकास्थित अर्नाहामा लागेको मेला भरेर फर्किंदै गरेकी सप्तरीको खडक नगरपालिका–५ की २० बर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जना युवा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ निवासी २० वर्षीय विक्रम सरदार, सोही ठाउँका २६ वर्षीय कृष्णनारायण साह, २७ वर्षीय मनोजकुमार राम, सप्तरीकै कञ्चनरुप नगरपालिका–११ निवासी २४ वर्षीय हीरालाल साह र शम्भुनाथ नगरपालिका–७ निवासी १८ वर्षीय राजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भबेश रिमालले जानकारी दिए ।

सात÷आठ जना युवाको समूहले बाटो छेकेर धान खेतमा लगेर सामूहिक बलात्कार गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताए । पीडित युवतीका परिवारजनले न्यायको माग गर्दै प्रहरीमा उजुरी गरेपछि सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट ती सबैलाई पक्राउ गरिएको जनाएको छ । घटनामा संलग्न युवाले मादकपदार्थ सेवन गरेको पीडित युवतीले बताएकी छिन् । यसैबीच पक्राउ परेका पाँचैजना माथि जबर्जस्तीकरणी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै सुनसरीको इनरुवा बस्ने एक किशोरी बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको रामधुनी नगरपालिका–२ बस्ने १९ वर्षीय राहुल मगर, सोही वडा बस्ने १९ वर्षीय महमद जन्नत मिया र २१ वर्षीय भोला परियार पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार इनरुवा नगरपालिका ६ हलेसी चोक उत्तरपूर्वको खेतमा राति अचानक एक किशोरी नग्न अवस्थामा रुदै, कराउँदै चिच्याउँदै भागिरहेको प्रहरी गस्ती टोलीले देखेपछि ती किशोरीलाई उद्धार गरिएको थियो । उनी डर त्रासका कारण आफ्नो नाम बताउन सक्ने अवस्था नभएपछि तत्कालै कपडाको व्यवस्था गरेर उपचारका लागि इनरुवा अस्पतालमा पु¥याइएको प्रहरीले जानकारी दिए ।
किशोरीको उद्धारसँगै तीन युवामध्ये दुई जनालाई पक्राउ गर्न सफल भएका थिए । अर्का एक युवालाई भोलिपल्ट पक्राउ गरिएको हो । पक्राउ पर्नासाथ युवाहरूले किशोरीलाई सामूहिक बलात्कार गरेको बयानमा स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी देखेर तत्कालै भागेका शंकास्पद युवाहरूलाई खोजेर पक्राउ गरेपछि जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थपको अनुमति लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । किशोरीको थप उपचार कोसी अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: