काठमाडौँ । अबबाट विज्ञान विषयमा गणित अनिवार्य पढ्नै पर्ने भएको छ । पाठ्क्रम विकास केन्द्रले विज्ञान विषयमा गणितलाई समावेश गर्ने भएको छ । यो भन्दा अघि केन्द्रले कक्षा ११ र १२ विज्ञान शिक्षाका लागि तयार पारेको पाठ्यक्रममा जीव विज्ञान पढ्ने विद्यार्थीले गणित पढ्नु नपर्ने थियो भने अहिले गणित पढ्नु पर्ने भएको छ ।
नेपालमा विज्ञान शिक्षाको अध्ययनलाई कमजोर पार्ने गणित सामाज, शिक्षक, विद्यार्थी, अभिभावक लगायतले आलोचना गरिएता पनि केन्द्रले पाठ्यक्रमलाई केही परिमार्जन गरी जीव विज्ञान अध्ययन गर्ने विद्यार्थीले पनि गणितलाई ऐच्छिक विषयका रुपमा पढ्न पाउने व्यवस्था गरिएको हो । पहिलेको विज्ञानको कोर्षमा के कमजोर थियो र त्यसलाई परिवर्तन गर्नु प¥यो ? विज्ञान पढ्ने विद्यार्थीहरुको आर्कण बढाउँदा मात्रै देश समुन्त र विकास हुँदै जाने र जीव विज्ञानका विद्यार्थीले ऐच्छिक रुपमा भएपनि गणित पढ्न पाउनु सकरात्मक विषय रहेको नेपाल गणित समाजका अध्यक्ष प्राडा टंकनाथ धमलाको भनाइ रहेको छ । यसअघि मस्यौदा पाठ्यक्रममा अनुसार कक्षा ११ मा जीव विज्ञान र गणितलाई एकै समूहमा राखिएको थियो । यस्तो व्यवस्थाले गर्दा जीव विज्ञान पढ्न चाहने विद्यार्थीले गणित पढ्न नपाउने भएको थियो ।
जीव विज्ञान पढेपनि गणित नपढ्दा विद्यार्थीले इन्जिनियरिङ, वन विज्ञान, अर्थशास्त्र, गणित, व्यवस्थापन लगायतको विषयमा भर्ना हुनबाट बञ्चित हुने भएको कारणले केन्द्रले विज्ञान विषयमा गणित विषय राखिएको जनाइएको छ ।