04 Dec 2020, 2:11 AM (GMT)

Coronavirus Stats Nepal

238,861 Total Cases
1,567 Death Cases
221,847 Recovered Cases

चिकित्सकको लापरवाही, जुम्ल्याहा बच्चाको मृत्यु

धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सकको लापरवाहीले गर्दा उपचारका क्रममा जुम्ल्याहा बच्चाको मृत्यु भएको छ ।
गर्भवती महिलाको एम्नीमोटिक फ्लुड फुटाई दिदाँ जुम्ल्याहा बच्चाको मृत्यु भएको हो । पिडित परिवारले उपचारमा संलग्न चिकित्सकहरुलाई कारवाहीको माग गरेका छन् । सुत्केरी गराउने समय भदौ २२ गते भए पनि चिकित्सकले भदौ १० गते बोलाएका थिए । चिकित्सकको सल्लाह अनुसार बेड भर्ना भएकी माझीकी श्रीमती सरु माझीलाई चिकित्सकले विद्यार्थीलाई सिकाउने क्रममा हात हालेर पेट भित्र बच्चा बस्ने झेल्ली फुटाई दिएको आरोप छ । उपचारमा संलग्न चिकित्सकहरुलाई कारवाहीको माग गर्दै प्रतिष्ठानमा उजुरी समेत दिएका छन् । प्रतिष्ठानका अनुसार दुई बच्चा मध्ये दोस्रोले दिशा गरेको देखिएकाले मृत्युको कारण हुनसक्ने र अर्काे घाँटीमा नाल बेरिएकाले पनि मृत्यु भएको हुनसक्ने जनाएको छ । प्रतिष्ठानले उजुरी प्रति छानबिन गरी कारवाही गरिने जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

19 gamblers arrested from Kanchanpur

Kathmandu : Police have arrested 19 people from Loharpur in Shuklaphanta Municipality-11 of Kanchanpur while ...

Translate »
%d bloggers like this: