पहिरोको कारण एकै परिवारका चार जनाको मृत्यु

ओखलढुंगा । पहिरोले घर पुरिँदा मोलुंग गाउँपालिका ८ रागादीपमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
बुधबार राति पहिरोले घर पुरिदाँ रागादीपको खिम्लीका ५० वर्षीय पूर्णबहादुर राई, ४० वर्षीय श्रीमती धनकुमारी राई, ५५ वर्षीया मित्रमाया, ५५ राई र पूर्णबहादुरका तीन वर्षीय छोरा आशिष राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राई परिवारका एक छोरा र एक छोरी घरमा नभएका कारण पहिरोबाट जोगिएको प्रहरीले जानकारी दिएका छन् । एकै परिवारका चार सदस्य पहिरोमा पुरिएपछि पूरै खिम्ली गाउँ शोकमग्न भएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...

Translate »