काठमाडौं/विमस्टेक सम्मेलनका क्रममा नेपाल आउन लागेका भारतीय उच्च अधिकारीहरुबाट उच्च बाँध निर्माणका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भारतीय पक्षले सिँचाइ जलविद्युत र पानीजहाज सञ्चालनको प्रलोभन दिएको विज्ञहरुले जनाएको छ ।
भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव विजय केशव गोख्ले सहितका उच्च अधिकारी काठमाडौं आउँदैछन् ।
नेपालको हितमा नरहेको कोशी उच्च बाँध बनाउन भारतले पहिलेदेखि नै दवाव दिँदै आएको अख्तियार पूर्व प्रमुख आयुक्त तथा पूर्व जलस्रोत सचिव सूर्यनाथ उपाध्यायले बताए । सरकारले ल्याउने भनेको पानी जहाज र कोशी उच्च बाँध निर्माणलाई एकै ठाउँमा जोडेर नहेर्न पनि उपाध्यायले सुझाव दिएका छन् ।