साठी बर्ष नपुगेकाले पनि विधवा भत्ता पाउने

काठमाडौं । सरकारले प्रतिनिधिसभामा दर्ता भएको सामाजिक सुरक्षा विधेयकमा न्यून आय भएका र श्रम गर्न नसक्ने साठी वर्ष उमेर नपुगेका विधवा वा एकल महिलालाई सुरक्षा भत्ता दिने भएको छ ।
६० वर्ष उमेर पुगेका सम्बन्धविच्छेद गरी अर्को विवाह नगरेका, विधवा र एकल महिला, न्यायिक पृथकीकरण गरी बसेका महिलालाई सुरक्षा भत्ता दिइने व्यवस्था विधेयकले गरेको छ । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट ६० वर्ष नपुगेका विधवा महिलालाई भत्ता उपलब्ध गराएको थियो । यसैगरी विधेयकमा अति विपन्न लोपोन्मुखले सामाजिक सुरक्षा भत्ता र पाँच वर्ष उमेर पूरा नगरेका बालबालिकाले बालपोषण भत्ता पाउने व्यवस्था समेत रहेको छ ।

सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई सम्बन्धित स्थानीय तहले परिचयपत्र उपलब्ध गराउनुपर्ने र परिचयपत्रकै आधारमा स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरण गर्नेछ । विधेयकमा सामाजिक सुरक्षा पाउने व्यक्ति बसाइँ सरी अन्यत्र गएमा, असहाय एकल महिलाले विवाह गरेमा, ऐनबमोजिम सामाजिक सुरक्षा भत्ता पाउन योग्य नभएमा, मृत्यु भएमा सामाजिक सुरक्षा पाउने व्यक्तिको नाम हटाइने छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...