20 May 2022, 3:05 AM (GMT)

Coronavirus Stats Nepal

979,040 Total Cases
11,952 Death Cases
966,938 Recovered Cases

विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन भारतले गर्ने

काठमाडौँ । बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको अवसरमा नेपाल आएका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा रक्सौल–काठमाडौ विद्युतीय रेलमार्गको प्रारम्भिक प्राविधिक सम्भाव्यता अध्ययन भारतले गरिदिने समझदारी भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेपालका लागि भारतीय राजदुत मन्जिभसिंह पुरीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी अनुसार भारत सरकारको लगानी रहेको कोंकन रेलवे कर्पोरेसन लिमिटेडले रेलवे अध्ययन गर्नेछ । यसबारे नेपालको भौतिक मन्त्रालय, रेलवे विभागसहितका अधिकारीहरुसँग कम्पनीका उच्च अधिकारीले भेटवार्ता गरिसकेको छ । रेलवे विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार अध्ययनका लागि कम्पनीका अध्यक्ष सञ्जय गुप्तासहित ४ जना अधिकारीहरुसँग वार्ता भइसकेको र आगामी ४ महिनामा अध्ययन सक्ने योजना रहेको बताए । कम्पनीले अध्ययन कार्य पुरा गरिसकेपछि अन्य अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तयारी र निर्माण प्रक्रियाका लागि बाटो खुला गरिने जनाएको छ । प्रारम्भिक तयारी अनुसार रक्सौलबाट निजगढ हुँदै काठमाडौंको चोभारमा रेलमार्ग बनाउन लागिएको विभागका महानिर्देशक आचार्यले बताए । उनका अनुसार रेलमार्ग करिब १ सय २० किलोमिटर दुरीको हुने बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: