नेपाली ब्रान्ड विदेशमा पनि चर्चित

काठमाडौं । धेरैजसो नेपालमा खाद्यान्न देखि जिन्सी वस्तु विदेशबाट आयात हुने गर्दछ । तर, कतिपय नेपाली उत्पादन जुन स्वदेशमा त चर्चित छन् नै साथै विदेशमा पनि राम्रो पहिचान बनाएको छ । जस्तो वाइवाइ चाउचाउ नेपालमा मात्र चर्चित नभई अन्य धेरै मुलुकहरुमा पनि चर्चित छ भने गोल्डस्टार नेपालमा भन्दा बढी भारतमा चर्चित रहेको छ ।

वाइवाइ चाउचाउ नेपालबाहेक भारत र युरोपको सर्भियाबाट उत्पादन सुरु भइसकेको छ भने बंगलादेश, साउदी अरेबियालगायत अन्य मुलुकमा पनि उत्पादनको तयारी भइरहेको छ । गोल्डस्टार जुत्ता नेपाली बजारमा राम्रो ब्राण्डको रुपमा त लिएको छ नै यस बाहेक भारतीय जुत्ता बजारमा पनि नेपालको गोल्डस्टार प्रतिस्पर्धी ब्रान्ड बनेको छ । नेपालमा उत्पादन हुने गोल्डस्टार जुत्ता ८० प्रतिशत भारतमा निर्यात हुने गर्दछ । भारतबाहेक बंगलादेश, श्रीलंका, पाकिस्तान, अस्ट्रेलियामा पनि निर्यात हुने गर्दछ ।
त्यस्तै अर्काे उत्पादन भनेको हिमालयन जाभा हो । हिमालयन जाभाले नेपालमा कफी पिउने संस्कृतिको विकास भएको हो । करिब दुई दशकअघि ठमेलबाट सुरु भएको हिमालयन जाभाले देशभित्र दुई दर्जन ठाउँमा जाभाका आउटलेट र फ्रेन्चाइज फैलाइसकेका छन् । त्यसैगरी विदेशी रक्सी नरुचाउने नेपालीको संख्या कमै होला । तर, नेपाली ब्रान्ड खुकुरी रम विदेशमा निकै लोकप्रिय रहेको छ । यसले विदेशमा नेपाल चिनाउने ब्रान्ड बनेको छ । खुकुरी रम जर्मनी, बेल्जियम, जापान, दक्षिण कोरिया, अमेरिका, सिंगापुर, युएई, इटालीलगायत विभिन्न मुलुकमा निर्यात गरिन्छ ।

त्यस्तै बाजेको सेकुवा त हामी प्रायः सबैले सुन्दै आएको नाम हो । सन् १९७६ मा दीनानाथ भण्डारीले पाँचसय लगानीमा एयरपोर्टअगाडि खुल्ला चौरमा सेकुवा पोलेर ब्यबसाय सुरु गरेका थिए भने अहिले यसको १४ वटा आउटलेट खोलिसकेको छ । अमेरिकाको न्युयोर्कमा पनि बाजेको सेकुवा खुलेको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...