05 May 2021, 11:41 AM (GMT)

Coronavirus Stats Nepal

359,610 Total Cases
3,475 Death Cases
289,783 Recovered Cases

काठमाडौंमा फ्रि वाईफाई सेवा सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले वल्र्डलिंक कम्युनिकेशनसँग साझेदारी गरी आइतबारदेखि उपत्यकाभित्र औपचारिक रुपमा फ्रि वाईफाई सञ्चालनमा ल्याएको छ ।
फ्रि वाईफाई सञ्चालन गर्नका लागि डेढ महिना अघि विभिन्न ६ स्थानहरुमा इन्टरनेट प्रविधिको जडान गरिएको थियो । आईतबार महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्य र वल्र्डलिंकका अध्यक्ष दिलिप अग्रवालले संयुक्त रुपमा उक्त सेवाको उद्घाटन गरेका थिए । उक्त सेवा गत जेठ १६ गतेबाट अनौपचारिक रुपमा सञ्चालनमा आए पनि आईतबारबाट भने औपचारिक रुपमा सञ्चालन भएको सुचना प्रविधि प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । हाल विभिन्न स्थानहरुमा कम्तीमा पनि १० एमवीपीएस व्यान्डवीथ क्षमता भएको वाईफाई छोडिएको काफ्लेले बताए । उनका अनुसार सेवाग्राहीले एक दिनमा आधा घण्टा मात्र फ्रि वाईफाई चलाउन सक्ने र एउटा स्थानमा १५ मिनेट ईन्टरनेट चलाएर कुनै अर्को फ्रि वाईफाई भएको स्थानमा गई बाँकीको १५ मिनेट चलाउन सक्ने व्यवस्था समेत गरिएको छ । फ्रि वाईफाई राख्ने सम्झौता भए अनुरुप वसन्तपूर, बौद्ध, संखपार्क, स्वयम्भु, बालाजु र पशुपति क्षेत्रमा कम्तीमा १० एमवीपीएसको इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको कामपाले जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 2,364 more people

Kathmandu : In the last 24 hours, 2,364 people have been infected with the corona ...

Translate »
%d bloggers like this: