काठमाडौँ । बेलाबेलामा स्वास्थ्य क्षेत्रमा समेत आन्दोलन भइरहेको हुन्छ । स्वास्थ्य एउटा संवेदनशील क्षेत्र हो । अबबाट आन्दोलनरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई कडा कारबाही गर्ने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ ।
आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अत्यावश्यक सेवा ऐनको दफा ४ अनुसार कारबाही र जरिवाना गर्ने चेतावनी सहितको सार्वजनिक सूचना जारी गरेको छ ।