23 Sep 2023, 4:36 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

फिलिपिन्स पुगेर बिचल्ली भए नेपाली युवा

काठमाडौँ । अहिले अधिकांश युवाहरु विदेशिने गरेका छन् । कामको सिलसिलामा नेपाली युवाहरु विदेश जाने गरेको पाइन्छ । यसरी नै विदेशिने क्रममा सर्लाही र चितवनका ४ युवा सामाजिक सञ्जालको विज्ञापनका भर परेर रेस्टुराँमा काम खोज्दै फिलिपिन्समा पुगेर बिचल्ली बनेका छन् ।

विगतका केही दिन अघिदेखि नै भारतीय रेस्टुरेन्टमा काम गर्ने भनी आएको विज्ञापन गर्ने भारतीय सञ्चालकले थुप्रै नेपाली कामदार मगाएर अलपत्र पारेका थिए । यसरी बिचल्ली भएका सर्लाहीका २१ वर्षे बसन्त खड्का, चितवनका दीपेश श्रेष्ठ, सुनिल थापा, चितवनकै एलसी श्रेष्ठ र सर्लाहीका बसन्त खड्का रहेका छन् ।

टुरिस्ट भिसामा गएको तर काम पनि नपाएको र भारतीय मालिक पनि बेपत्ता रहेको खड्काले जानकारी दिए । उनका अनुसार डस्मा कभिटेकै एक रेष्टुरेन्टमा बसेर गुजारा चलाइरहेको र आफ्नै टिकट खर्च बेहोरेर घर जानुपर्ने स्थिती आएको उनले बताए । रेष्टुराँमा राम्रो जागिर पाउने भनेर भारतीय संचालकलाई २ लाख रुपैयाँ र टिकटका लागि झण्डै १ लाख रुपैंया लिएको खड्काका बाबु बताउँछन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: