26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

बेडको अभाव हुँदा प्रसुतीका बिरामी मारमा

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूतिका बिरामीको दैनिक चाप थेग्न नसक्दा एकै बेडमा ३ जनासम्म बिरामी र कतिपयलाई भुइँमै राखेर उपचार गराउनुपर्ने बाध्यता भएको छ ।

उक्त प्रतिष्ठानमा मातृशिशु स्याहार केन्द्र थप्न २ वर्षअघि भवन निर्माण सुरु भएको भए पनि बीचमै रोकिँदा त्यसको असर बिरामीले भोग्नु परेको छ । दैनिक ३० जनाको मात्र क्षमता रहेको प्रसुति विभागमा चौबीस घण्टामा ६० देखि ८० जना प्रसूतिका लागि आउने गरेकोले उपचारका लागि समस्या भएको विभाग प्रमुखका डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।

प्रसूतिको इमर्जेन्सी बेड, अप्रेसनपछि राखिने पोस्टनेटल वार्डको क्षमताको कमी र अधिकांशलाई एक सातासम्म निगरानीमा राख्नुपर्दा बेडको अभावले समस्या भएकोले प्रसूति विभागले दैनिक १५ जनाको अप्रेसन गर्नेे गरेको डा. रेग्मीले बताए । यसरी बेडको अभावका कारण उपचारका लागि टाढा–टाढाबाट आउने गर्भवती महिलाहरु मारमा परेका छन् ।

अस्पतालका सहायक निर्देशकसमेत रहेका प्रसूति विशेषज्ञ डा. पप्पु रिजालले ओपीडीमा प्रसूति समस्या लिएर आउनेको संख्या दैनिक सरदर ६ सय जना रहेको बताए । प्रतिष्ठानमा योग्य दक्ष जनशक्ति पर्याप्त हुँदाहुँदै पनि बेड अभावका कारण चारगुणा बढी बिरामीको चाप थेग्न नसकेको रिजाल बताउँछन् ।

दुई वर्षअघिदेखि नै चार सय बेडका अलग्गै मातृशिशु स्याहार केन्द्रको निर्माण प्रतिष्ठानले २०७३ असार २८ देखि सुरु गरेको थियो । तर केज कन्सल्ट्यान्ट रहेको शर्मा–रसुवा जेभी काठमाडौंलाई ७२ करोड रुपैयाँमा बनाउन दिए पनि सिनेटमा पास नगरी अघिल्ला उपकुलपति डा. बलभद्रप्रसाद दासले २ अर्ब ४८ करोड रुपैयाँको टेन्डर गरेको भन्दै विवाद उठ्दा भवन निर्माण कार्य एक वर्षदेखि रोकिएको हो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: