26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

नेपाल प्रतियोगिताको उपाधिका लागि दावेदार छ : प्रमुख प्रशिक्षक महर्जन

हालै सम्पन्न एसियाली खेलकुदतर्फ फुटबलको निहुँमा पाकिस्तानले लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्केको छ ।

यो टिम नेपालकै समूहमा परेको थियो । लिग चरणमा अन्तिम खेलमा पाकिस्तानलाई हराएर नकआउट चरणमा प्रवेश गर्ने ऐतिहासिक अवसर हुँदाहुँदै पनि नेपाल त्यसमा चुकेको छ । नेपाल त्यो खेलमा २–१ ले पराजित भएको थियो । साफ च्याम्पियनसिपका लागि विभिन्न खाले आन्तरिक विवादबीच पाकिस्तानले बल्लतल्ल टिम घोषणा गरेको छ ।
टिमका प्रमुख प्रशिक्षक बालगोपाल महर्जनका अनुसार नेपाल प्रतियोगिताको उपाधिका लागि दावेदार रहेको र यो सफलतासम्म पुग्ने पहिलो खडुकिला रहेको बताए । पाकिस्तानी फुटबल संघले भने विवादबीच पनि प्रशिक्षकमा ब्राजिली एन्टोनियो नोगुरालाई भित्र्याएको छ । उनको पहिलो उद्देश्य भनेको खेलाडीलाई खेलमा अत्याधिक रूचि बढाउने र साफ च्याम्पियनसिप जस्तो प्रतियोगिताका लागि मानसिक रूपमा तयार पार्ने रहेको छ । यही कारणले नै पाकिस्तानले एसियाली खेलकुदमा नेपाललाई हराउन सकेको नोगुराको दाबी रहेको छ ।
बंगबन्धु रंगशालामा हुने खेलमा नेपालको रणनीति कस्तो हुन्छ, त्यो भने हेर्न बाँकी रहेको छ । आशा छ, नेपाल त्यस खेल जित्ने छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: