05 Aug 2020, 7:13 AM (GMT)

Coronavirus Stats Nepal

21,009 Total Cases
58 Death Cases
15,026 Recovered Cases

भवन निर्माण मापदण्डले सम्पदा क्षेत्रलाई असर

काठमाडौं । हालै मात्र काठमाडौं महानगरपालिकाले भवन निर्माण गर्नको लागि नयाँ मापदण्ड ल्याएको छ । उक्त भवन निर्माण मापदण्ड–२०७५ ले सम्पदा क्षेत्रमा संकटको खतरा पर्ने अनुमान गरिन्छ । महानगरले सम्पदा क्षेत्रमा भवन बनाउँदा उचाइ, तला र बेसमेन्टमा गरेको नयाँ व्यवस्थाले सम्पदा क्षेत्रलाई प्रत्यक्ष असर पार्ने विज्ञहरु बताउँछन् ।

मापदण्ड एकातिर सम्पदामैत्री छैन भने अर्काेतिर प्राचीन स्मारक ऐन २०१३ सँग मापदण्ड बाँझिएको विज्ञहरुको भनाइ रहेको छ । महानगरले सार्वजनिक गरेको मापदण्डमासम्पदा क्षेत्रमा भवन बनाउँदा एक तलाको बेसमेन्ट राख्न पाउने व्यवस्था गरेको छ । तर प्राचीन स्मारक ऐन २०१३ अनुसार सम्पदा क्षेत्रमा बेसमेन्ट राख्न नै पाइँदैन । सम्पदा क्षेत्रमा भवन बनाउँदा ३५ फिटभन्दा बढी उचाई हुन नहुने प्राचीन ऐनमा उल्लेख छ । तर महानगरले ऐनलाई बेवास्ता गरेर ६५ फिट उचाईको भवन बनाउन नयाँ मापदण्ड सार्वजनिक गरेको छ ।

प्राचीन ऐनलाई समेत मिचेर मापदण्ड ल्याएर सम्पदा माथि नै ज्यादति गरेको सम्पदा विज्ञ तथा पुरातात्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको भनाई छ । उनका अनुसार नयाँ मापदण्डले सम्पदा छेकिने, भूसतहमा खलबल आउने लगायतका असर पर्ने बताउँछन् ।
वसन्तपुर क्षेत्रमा महर्जन बिजनेस प्रालिले एक तलाको बेसमेन्ट सहितको भवन बनाएको छ, जुन भवनको उचाई समेत ३५ फिट नाघेको छ । स्थानीय सम्पदा प्रेमीको समूहले सम्पदामा प्रत्यक्ष असर परेको भन्दै विरोध गरेका छन् भने सर्वोच्चमा मुद्दा समेत हालेका छन् । तर स्थानीयको आवाजलाई व्यवस्था गरेर महानगरले त्यस्तै प्रकृतिका घर बनाउन सहज हुने मापदण्ड ल्याएकोमा महानगरका कर्मचारीको मिलेमतो रहेको स्थानीयहरु बताउँछन् ।
महानगरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ को उपदफा (४) र (५) ले दिएको अधिकार र बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड–२०७२ को बुँदा १७ (क) को व्यवस्थाअनुसार नयाँ मापदण्ड लागू गरिएको महानगरले जनाएको छ ।
स्थानीयकै अनुसार मेयर विद्यासुन्दर शाक्यसमेत यस मापदण्डमा सामेल रहेको बताउँछन् । महर्जन कम्प्लेक्सले अन्डरग्राउन्ड बनाएका कारण सम्पदा क्षेत्रमा परेको असरबारे स्थानीयले पटक पटक जानकारी मेयर शाक्यलाई गराउँदा समेत महानगरले स्थानीयको कुरा नसुनेपछि स्थानीयले सर्वोच्च अदालतमा मुद्धा हालेको हो ।

आवश्यकता अनुसार मापदण्ड ल्याउनु ठीक हो तर सम्पदा क्षेत्रमा लागू हुने प्राचीन स्मारक ऐनलाई मिच्नु गलत हो । सम्पदा क्षेत्रमा असर पर्ने कारणले नै एक तला मात्रै अन्डरग्राउन्ड कायम गरिएको छ । सम्पदा बाहेकका क्षेत्रमा भने जमिनमुनि दुई तलासम्म बेसमेन्ट निर्माण गर्न पाइने व्यवस्था गरिएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona virus infection kills more than 40,000 in UK

Kathmandu : Coronavirus infections have killed more than 40,000 people in the UK. According to ...

Translate »
%d bloggers like this: