काभ्रेमा नाबालकको मृत्यु

पाँचखाल । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नपा वडा ६ स्थित अरनिको राजमार्गमा दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको बा३च १०७० नम्बरको बोलेरो गाडी अचानक बिग्रिई चालक गाडीको स्टेरिङमा बसी स्थानीयहरुको सहयोगमा गाडी धकेलेर सडक छेउमा राखेर चालक फर्केर आउँदा चालकको श्रीमती वर्ष २८ कि पार्वती कार्की सडकको साईडमा अचेत अवस्थामा घाईते भएको र ८ महिनाको छोरा रियन राउतको टाउकोमा चोट लागी गम्भीर घाइते भएको जिल्ला प्रहरी काभ्रेले जनाएको छ ।
उक्त घाइते कार्की र उनको छोरालाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएको छ भने ८ महिनाको रियन राउतको उपचार हुन नपाई मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनासम्बन्धी जिल्ला प्रहरीको टोली अनुसन्धानका लागि खटाइएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...

Translate »