चकलेट दिएर चेतना जगाउँदै ट्राफिक प्रहरी

ट्राफिक नियम जानीजानी पालना नगर्नु लापरवाही हो । गाडी सानो होस् या ठूलो चालकले लाइसेन्स कागजपत्र साथमा राख्नुपर्ने नियम छ । सवारी चालकले ट्राफिक नियम पालना गर्नुपर्छ, नियम पालना नगरे कारबाही हुने या जरिवाना तिर्नुपर्ने हुन्छ ।
यसै क्रममा पूर्व–पश्चिम राजमार्ग रत्ननगरमा ट्राफिक नियम पालना भए/नभएको चेक गर्दै नियम पालना नगर्ने चालकहरू भेटाएका छन् । तर प्रहरीले कारबाही गर्नुको सट्टा नियम मिच्नेहरूलाई चकलेट दिएका छन् । ट्राफिक नियम पालना नगर्ने चालकहरुलाई लज्जाबोध होस भनेर चक्लेट बाँडिएको ट्राफिकले बताए ।
सडकमा उभिएर प्रहरीले जरिवाना मात्रै काट्छ भन्ने भावना हटाउन र सडकमा सवारी गुडाउँदा अपनाउनुपर्ने सावधानी तथा ट्राफिक नियम बुझाउन यो तरिका अपनाएको ट्राफिक प्रहरी बताउँछन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...