20 Sep 2020, 1:21 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

तातोपानी नाका नखुलाउन चीनको बाहाना

काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पले निकै ठाउँमा क्षति पु¥याएको छ । यसै क्रममा भूकम्पपछि बन्द भएको तातोपानी पुनः खुलाउन नेपालले खुलाउने प्रयास गरेको छ ।
चीनतर्फ जाने ठूलो नाका तातोपानी नेपालले खुलाउन चाहे पनि चीनले यसमा रुचि देखाएको छैन । चीनले एकपछि अर्को बहाना देखाएर तातोपानी नाका खुलाउन नचाहेको नेपाली अधिकारीहरुले महशुस गरेका छन् । भत्किएका संरचनाहरु सामान्य मर्मत भएपछि पनि नाका सञ्चालनमा नल्याउनको लागि चिनियाँ पक्षले बहाना देखाउँदै गरेको नेपाली अधिकारीहरु भन्छन् ।
रसुवागढी केरुङ नाका बाह्रै महिना सञ्चालनमा आउन नसक्ने देखिएकाले नेपाल चीन व्यापारमा समस्या देखिएको छ । तातोपानी नाका बन्द भएपछि नेपालमा चीनतर्फबाट ठूला कन्टेनर आउन नसकी सामूद्रिक मार्ग हुँदै कोलकाता बन्दरगाहमा ल्याएर वीरगन्ज हुँदै काठमाडौंसम्म ल्याउनु परेको छ । यसले पहिलेभन्दा ४ गुणा बढी लागत र ३ सातासम्म समय बढी लाग्ने गरेको छ ।

सिन्धुपाल्चोकको जुरेमा पहिरो गएपछि सडकमा पूर्ण क्षति हुँदासमेत नेपालले २ सातामै यातायात सञ्चालनमा ल्याएको थियो । तर कम क्षति भएको स्थानमा समेत चीनले सुरक्षाको बहानामा नाका खुलाउन चाहिरहेको छैन । चिनियाँ पक्षले नाका सञ्चालनमा ल्याउन मितेरी पुल नयाँ बनाउनुपर्ने शर्त राखेका छन् । भूकम्पले पुललाई क्षति पु¥याएको भए पनि मर्मतपछि सञ्चालन योग्य रहेको नेपाली प्राविधिकहरु बताउँछन् । नेपालले प्रधानमन्त्रीको चीन भ्रमणदेखि हरेक उच्चस्तरीय बैठकमा तातोपानी नाकाको विषयलाई प्राथमिकताका साथ उठाउँदै आइरहेता पनि चीनले यो विषयमा भने कुनै चासो देखाएको छैन ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

An employee arrested from Kathmandu with bribe

Kathmandu : Shiva Shankar Mahato, Deputy Subba of Commerce Supply and Consumer Protection Department, Babarmahal, ...

Translate »
%d bloggers like this: