काभ्रे । धुलिखेल नगरपलिकाका प्रमुख अशोक ब्याञ्जु नेपाल नगरपालिका संघको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
धुलिखेल नगरपालिकाले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष ब्याञ्जुले सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा कार्य गर्ने बताए । उनका अनुसार आगामी वर्षमा धुलिखेल नगरपालिकालाई सुकुम्बासी मुक्त नगरपालिका बनाउने ब्याञ्जुले बताउँदै सबैको घर घरमा पानी, शत प्रतिशत साक्षर, पूर्ण सरसफाई सहितको खुल्ला दिशा मुक्त नगरपालिका घोषणा, वातावरण, बालमैत्री नगर, नगर प्रमुख गरिवी निवारण कोष मार्फत सीप आर्जन गरी गरिवी न्युनिकरण गर्ने ब्याञ्जुले बताए ।
ब्याञ्जुले कार्यक्रममा नेपाल नगरपालिका संघलाई हप्ताको एक दिन समय उपलब्ध गराउने र बाँकी समय धुलिखेल नगरकै कार्यमा जुट्ने बताए । यसको लागि कार्यक्रममा नगरका समग्र विकास निर्माणमा जनप्रतिनिधी र कर्मचारीहरु एकजुट हुनु पर्ने धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माले बताईन् । कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिना, निमित्त प्रशासकिय प्रमुख धनबहादुर बस्नेत, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभागका प्रमुख तथा कर्मचारीहरु लगायतले ब्याञ्जुलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।