सर्लाही । लालबन्दीमा बालिकालाई घरमा टयुसन पढाउने क्रममा यौन शोषण गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने शिक्षक हरिपुर्वा नगरपालिका–८ घर भई हाल लालबन्दीमा बसेर होम ट्युसन पढाउँदै गरेको २४ वर्षीय राम सिंहासन राय हुन् ।
ट्युसन पढाउने भन्दै दुई बालिकालाई यौन दुव्र्यवहार गरेको अभिभावकले उजुरी दिएपछि रायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका रायलाई जिल्ला अदालतबाट म्याद थप गरी नयाँ कानुनअनुसार बाल यौन दुरुपयोग मुद्दा दायर गरिएको लालबन्दी इलाका प्रहरी कार्यालयले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।