काठमाडौं । हिन्दूको महान चाड दशैं तिहार नजिकिनै लाग्दा पर्सा र बारा जिल्लाका विभिन्न नाकाबाट अहिलेदेखि नै पटका ल्याउने क्रम सुरु भएको छ ।
नेपाल–भारतबीच सीमाना खुल्ला भएको कारण तस्करहरु उठाउँदै नाकामा रहेका सुरक्षाकर्मीहरुको आँखा छली पटका भित्र्याउने गरेको छ । तिहारलाई लक्षित गरी तस्करहरुले अहिलेदेखि नै सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटाकाको व्यापक तस्करी गर्ने गरेको स्रोतले जनाएको छ । भारतको रक्सौल आदापुर, सिक्टालगायतका भारतीय बजारबाट ती पटाका वीरगञ्ज, कलैयालगायतका नेपाली बजारसम्म पु¥याउने गरेको र त्यसबापत व्यापारीसँग ५० प्रतिशत र काठमाडौंँसम्म पु¥याएबापत २०० प्रतिशतसम्म लिने गरेको व्यापारीहरु बताउँछन् ।
तिहार अगाडि नै पटाका ल्याउँदा प्रहरीहरुको ध्यान नजाने भएकाले अहिले देखि नै पटाका ल्याउने गरेको तस्करहरुले बताए । तर पटका नेपाल भित्रिने गरेको प्रहरी यसबारे बेखबर रहेका छन् । खासगरी भारतबाट आउने मालबाहक सवारीसाधन, जीप, कार, टाँगाजस्ता गाडीमा पटाका लुकाइछिपाई ल्याउने गरेको छ । बारा र पर्सा जिल्लासँग जोडिएका ग्रामीण क्षेत्रका नाकाबाट नेपाल भित्रिने सवारीसाधनमा तस्करले पटाका ल्याउँदा करोडौँ रुपैयाँ विदेशिनुको साथै लाखौँ रकमको कर छली भएको छ ।