काभ्रे । सिन्धुपाल्चोक जिल्ला हेलम्बु गा.पा. ४ बस्ने वर्ष ४७ का विष्णु कटुवाललाई अपहरण गर्ने ८ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । अपरिचित व्यक्तिहरुले भक्तपुरको सल्लाघारीबाट निलो रंगको ट्याक्सीमा राखी जबरजस्ती नालाको बाटो हुँदै काभ्रे ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
अपहरणकारीहरुलाई बनेपा इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक सुनिलजंग शाह र पनौती प्रहरी चौकीको प्र.ना.नी. शिवहरि कार्कीको टोलीले धुलिखेल, चौकोटबाट पक्राउ गरेको हो । बा ५ च ८७३५ को प्राईभेट कार, बा ७८ प ५०५ को मोटरसाइकल र बा ३४ प ५०० नम्बरको स्कुटीसहित उनीहरुलाई पक्राउ गरेको शाहले बताएका छन् ।
पक्राउ पर्नेहरु बनेपा न.पा १ बस्ने वर्ष २३ को दिपक भुजेल, नमोबुद्ध न.पा. १० बस्ने वर्ष ४० को राजन घोरासैनी, जिल्ला सर्लाही घर हाल बनेपा बस्दै आएका २६ वर्षीय कृष्णहरी अधिकारी, सुनकोशी गा.पा. ५ हाल सूर्यविनायक बस्दै आएका २९ वर्षका रामेश्वर सिलवाल, मकवानपुर जिल्ला पालुङ ७ बस्ने वर्ष ४२ का नकुल कार्की, रामेछाप खाडादेवी गा.पा. १ बस्ने वर्ष ३५ का टेकबहादुर वि.क., काठमाडौं मनपा २८ बस्ने वर्ष ४२ का धननारायण तण्डुकार र सिन्धुपाल्चोक जिल्ला सुनकोशी गा.पा. ५ हाल मकवानपुर बस्ने वर्ष २८ को रञ्जन सिलवाल रहेका छन् ।