25 Feb 2021, 10:11 AM (GMT)

Coronavirus Stats Nepal

273,760 Total Cases
2,684 Death Cases
270,139 Recovered Cases

जिल्ला ट्राफिक प्रहरीको अगुवाईमा सरसफाई

बनेपा । काभ्रेपलाञ्चोकको अरनिको राजमार्ग अन्तर्गत बनेपाको चारदोबाटोदेखि तीनदोबाटो भित्रका सडकखण्डको फोहारमैला जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको अगुवाईमा आज सरसफाई गरिएको छ ।


ईलाका प्रहरी कार्यालय बनेपा, बनेपा नगरपालिका र अन्य संघ/संस्थाहरुको पहलमा बनेपा नगरभित्रका अरनिको राजमार्गमा रहेको डिभाईडर सफा गर्न जुटेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निशेष चापागाईले सडकमा रहेको डिभाईडरहरुमा छरिँदा दुर्घटना बढ्न सक्ने र धुलो, माटो, फोहोरहरुले गर्दा सडक र शहरको सुन्दरता नै कुरुपतामा परिणत भएको कारण सरसफाई अभियान चलाएको प्रहरीले बताए ।


उनका अनुसार अबदेखि साप्ताहिक, पाक्षिक र मासिक रुपमा तालिका बनाएर नै विभिन्न काम गर्ने भएको छ । अभियानले बनेपा नगरपालिका भित्रका सडक खण्डमा जारी रहने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सरसफाई अभियानमा काभ्रे उद्योग वाणिज्य संघ, डिभाईन युथ क्लब, नगर प्रहरी तथा स्थानीयहरुको उपस्थिति रहेका छन् । ट्राफिक कार्यालय काभ्रेका अनुसार सरसफाईलाई अब सधैं निरन्तरता दिने जानकारी दिए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Driver killed in Bus Crash in Pyuthan

Kathmandu : A driver has died in a bus accident in Pyuthan district. The bus ...

Translate »
%d bloggers like this: