काठमाण्डौ । ओम अस्पतालबाट डा. भोला रिजाललाई अध्यक्ष पदबाट पुनः हटाएको छ । अस्पतालको सञ्चालक समितिले पुनः पूर्व अध्यक्ष उद्धब पौडेललाई अध्यक्ष बनाएपछि रिजाल असन्तुष्ट भई अस्पताल छाडेका छन् ।
ओम अस्पतालले पौडेललाई अध्यक्ष बनाएको जानकारी दिएसँगै रिजालले ओम अस्पताल छाडेका हुन् । अस्पतालमा उपचारको गुणस्तर खस्किएको भन्दै पौडेललाई हटाएर डा. रिजाललाई एक वर्ष अघि मात्र अध्यक्ष बनाइएको थियो । अब जोरपाटीस्थित नेपाल मेडिकल कलेजबाट मात्र उपचार दिने जनाइएको छ ।
