26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases
05-Sep-2018apm01.indd

कहाँ गयो नेपालको निसान छापमा कालापानी ?

काठमाडौं । नेपाली भूभाग कालापानीमा लामो समयदेखि भारतले सेना राख्दै आएको छ । सरकारले नै राखेका अधिकांश नक्सामा दार्चुलाको कालापानी नभएको पाइएको छ । निसान छापमै प्रयोग गरिएका नक्सामा समेत कालापानी देखिन्न । यो कुरालाई नापी विभागले पुष्टि गरेको छ ।

देशको निसानी मानिने निसान छापमा राखिएको नक्सै त्रुटिपूर्ण रहेको विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठ बताउँछन् । पहिलाको नक्साबाट कालापानीको ठूलो भू–भाग हटाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब साइटमै अपूरो नक्सासहितको निसान छाप राखिएको छ । हेलो सरकार, गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका सामाजिक सञ्जालमा पनि सोही छाप रहेको श्रेष्ठ बताउँछन् ।

वैज्ञानिक मापन गर्दा कालापानीको ६ हजार हेक्टरभन्दा बढी भूमि गायब भएको देखिन्छ भने अझ कुनै साइटमा सात हजार ९ सय हेक्टरसम्म गायब भएको नक्सा प्रयोग गरिएको छ । कतिपय नक्सामा सुस्तामा पनि समस्या रहेको र सुस्तामा पनि नेपाली भूभाग भारतले कब्जा गरिरहेको श्रेष्ठ बताउँछन् ।

नक्सामा नेपाली भूभाग छुटाइएकोबारे हेलो सरकारमा जानकारी गराएता पनि अहिलेसम्म त्यसको सुनुवाई नभएको श्रेष्ठले बताए । उनका अनुसार सरकारकै आधिकारिक वेब साइटहरूमा राखिएका निसान छापका त्रुटिपूर्ण नक्सा पनि फेरिएको छैन ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बुधबार भएको बैठकमा पनि गलत नक्सा र निसान प्रयोग भइरहेकोबारे उपमहानिर्देशक श्रेष्ठले ध्यानकर्षण गराएका थिए ।
उनले राष्ट्रिय पत्रपत्रिकादेखि निजी संघसंस्थामा समेत गलत नक्सा प्रयोग भएको बताए । एकपटक सच्याए पनि पुनः गलत नक्सा नै प्रयोग गर्न थालेको बताए । उनले मुलुकको राष्ट्रियता, स्वाधीनताजस्तो विषयमा हेलचेक्र्याई गरेकोमा दुःख व्यक्त गरे । नापी विभाग आधिकारिक नक्सा बनाउने सरकारी प्राविधिक निकाय हो । विभागको स्वीकृतिबिना कसैले नक्सा बनाउन र प्रकाशन गर्न पाउँदैन । कसैले त्यस्तो गरेमा कारवाही वा जरिवाना गर्ने अधिकार विभागलाई हुन्छ । त्यसैले यस विषयमा छानबिन र अनुसन्धान गरी त्रुटि पत्ता लगाई सम्बन्धित निकायले यसतर्फ ध्यानाकर्षण गर्नु जरुरी छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: