20 May 2022, 4:37 AM (GMT)

Coronavirus Stats Nepal

979,040 Total Cases
11,952 Death Cases
966,938 Recovered Cases
?????????????????????????????????????????????????????????

गुण्डा लामालाई छोड्न माग गर्दा एसएसपीले हप्काए

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा काभ्रेकी नेतृ नबिना लामाले प्रहरी कार्यालयमा गुण्डा छुटाउन दबाब दिएपछि अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले लामालाई हप्काएर पठाएका छन् ।

लामासहित काभ्रे क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद गंगाबहादुर लामा ‘वनध्बज’, काभ्रे क्षेत्र नं १ ‘क’ प्रदेशसभा सांसद रत्न ढकाल सहितको टोली सत्यमान लामा जसलाई काभ्रेका सक्रिय गुण्डा भनेर चिनिन्छ, उनै गुण्डालाई छुटाउन सांसद लामा महानगरीय प्रहरी अपराध महाशाखा पुगेकी थिइन् । गुण्डा लामाले ठमेलमा व्यवसाय गर्दै आएका काभ्रे तिमाल–६ का मानबहादुर तामाङलाई ज्यान मार्ने धम्की दिएको उजुरीमा पक्राउ परेको प्रहरी सिंहले बताए ।

पक्राउ परेका लामाको अनुसन्धान भइरहेको र दोषी ठहरिए कानून बमोजिम कारबाही गर्ने एसएसपी सिंहले बताए । सांसद लामाले आफु प्रधानमन्त्री नजिकको भएको र यस घटनाको विवरण प्रधानमन्त्रीसम्म जानकारी गराई प्रधानमन्त्रीकै निर्देशनमा गुण्डा लामालाई छोड्न माग गरेकी थिइन् । तर एसएसपी सिंहले कसैको भनसुनका आधारमा अपराधीलाई नछोड्ने र आफू कानून रक्षाका लागि खटिएको सिपाही रहेको बताए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: