25 Feb 2021, 10:11 AM (GMT)

Coronavirus Stats Nepal

273,760 Total Cases
2,684 Death Cases
270,139 Recovered Cases

पन्ध्र वर्षीया बालिका बलात्कृत

नेपालगन्ज । नेपालगन्जको गणेशपुरमा करिब चार महिनादेखि १५ वर्षीया बालिकालाई बलात्कार गरिरहेको घटना सार्वजनिक भएको छ ।
४६ वर्षका एक व्यक्ति जो झारफुक काममा संलग्न रहेका छन् । उक्त व्यक्तिले बिरामी परेकी बालिकालाई झारफुक गर्ने क्रममा बलात्कार गरेको बाँके प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिएका छन् ।

वैशाख महिनादेखि नै ती व्यक्तिले बलात्कार गर्दै आएको बयान बालिकाले प्रहरीलाई बताएकी छिन् । कसैलाई भनेमा जे पनि हुनसक्ने धम्की दिएको कारण आफू चुप लागेको उनले बताएकी छन् ।

बालिकाको योनीबाट धेरै रक्तश्राव भएपछि बालिकाले आफ्नी आमालाई सबै कुरा बताएकी हुन् । घटना थाहा पाए लगत्तै उनका काकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दिएका थिए । अभियुक्तलाई शुक्रबार जिल्ला अदालत बाँकेबाट थप अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । बालिकालाई भेरी अञ्चल अस्पताल नेपालगन्जमा स्वास्थ्य परीक्षण र उपचार भईरहेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Driver killed in Bus Crash in Pyuthan

Kathmandu : A driver has died in a bus accident in Pyuthan district. The bus ...

Translate »
%d bloggers like this: