सावधान ! लालपुर्जा छ भनेर ढुक्क नबस्नुस् ।

काठमाडौं । जग्गाको लालपुर्जा साथमा छ भनेर ढुक्क नबस्नु । तपाईको जग्गा तपाईको नहुन पनि सक्छ । काठमाडौंमा जग्गा दलाली गर्ने गिरोहले तपाईको नक्कली लालपुर्जा, नक्कली नागरिकता, नक्लली वारेस नामसहितको नक्कली जग्गाधनी खडा गर्छन् । यति मात्र नभई मालपोतका कर्मचारीको मिलेमतोमा मालपोत कार्यालयको श्रेस्ता नै फेरबदल गरेर जग्गा अरुको नाममा बेचिसकेका हुन्छन् ।
यस्तै समस्या भोगेकामध्ये काठमाडौंका चन्दन कृष्ण कायस्थ पनि एक हुन् । कायस्थको बुढानिलकण्ठ स्थित कित्ता नं. ३२३ र ३२५ को क्षेत्रफल साढे २ रोपनी अर्थात ४० आना जग्गा उनको नक्कली नागरिकता, नक्कली लालपुर्जा बनाएर काठमाडौं जिल्ला अदालतबाट नक्कली चन्दन कृष्ण कायस्थको वारीस समेत बनाएर नागार्जुनका प्रदीप प्रसाद गौतमले काठमाडौंका कृष्ण देवकोटा र रामेछापका धुव्र प्रसाद भट्टराईलाई केही दिन अघि बेचेका थिए ।
सक्कली जग्गा धनी चन्दन कृष्ण कायस्थ आफ्नो जग्गा अन्य व्यक्तिले नापजाँच गर्न लागेको थाहा पाएर मालपोत कार्यालयमा बुझ्न जाँदा जग्गा अरुको नाममा पास भैसकेको थाहा पाए । मालपोत कार्यालयमा २४ लाख मुल्य देखाएर करिब ६ करोडमा जग्गा किनबेच गरिएको थियो । प्रदीप प्र्रसाद गौतमले काठमाडौंका कृष्ण देवकोटा र रामेछापका धुव्र प्रसाद भट्टराईलाई मालपोतमा रहेको श्रेस्ता देखाई आफू चन्दन कृष्ण कायस्थको वारेस बनाएर उक्त जग्गा बेचेका रहेछन् ।

सक्कली चन्दन कृष्ण कायस्थसँग मालपोत कार्यालयले २०६५ सालमा दिएको लालपुर्जा छ । तर मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा मुख्य श्रेस्तामा उनकै विवरणमा अर्कै व्यक्तिको फोटो राखी नक्कली लालपूर्जा बनाएको छ । अहिले वास्तविक जग्गा धनी अदालती प्रक्रियामा छन् । तर नक्कली जग्गा धनी भने सम्पर्क विहिन रहेका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...