26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

हिमानी ट्रष्ट र जापानी संस्थाको सहकार्यमा विद्यालय उद्घाटन

गोरखा । गोरखाको पालुङटार नगरपालिका–५ ठाटीपोखरीमा रहेको हिमानी ट्रष्टले जापानी संस्था बुद्धिष्ट अर्गनाइजेशन जोडोसँगको सहकार्यमा निर्माण भएको भवानी माध्यामिक विद्यालयको उद्घाटन गरिएको छ । उक्त उद्घाटन कार्यक्रममा पूर्वराजपरिवार गोरखा पुगेका छन् ।
विद्यालय भवन उद्घाटनका लागि पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह गोरखा पुगेका थिए भने पूर्वराजा ज्ञानेन्द्रकी छोरी रणा सिंह, धिरेन्द्रकी छोरी दिलासा र सितास्मा शाह पनि गोरखा पुगेका थिए ।

पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानीको आगमनपछि भवन उद्घाटनको औपचारिक कार्यक्रममा सहभागी हुन उनीहरु विद्यालयमा पुगेका थिए । लामो समय पश्चात पूर्वयुवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह एउटै मञ्चमा सँगै देखिएका थिए । तर मञ्चमा पारस र हिमानीबीच मुस्कुराउने बाहेक बोलचाल भएको थिएन । कार्यक्रम सकेर उनीहरु छुट्ने बेला हिमानीले पारसलाई नमस्कार गरे र पारसले नमस्कार फर्काउँदै मन्द मुस्कानसहित ‘सी यू’ भनेर छुट्टिएका थिए ।
भूकम्पपश्चात् कुल चार करोड ९५ लाखको लागतमा आठ कोठे नयाँ भवन निर्माण गरिएको हो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: