26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

दस किलो सुनसहित दुई पक्राउ

गोरखा । उत्तरी गोरखाको दुर्गम चुमनुव्रीमा १० किलो अवैध सुनसहित दुई जना पक्राउ परेको छ । पक्राउ परेसँगै चीनबाट सुन तस्करी कसरी भईरहेको छ भन्ने रहस्यको पनि खुलासा भएको छ ।
पक्राउ पर्नेमा चुमनुव्री गापा ७ का मुटुक लामा र लोप्सान तेन्जे रहेका छन् । उनीहरुलाई सिर्दिबासमा चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । सुन तस्करी भईरहेको सूचनाको आधारमा चेकजाँच गर्दा १० किलो सुन फेला परेको प्रहरीले जनाएको छ । चीनसँगको सीमा हुँदै उत्तरी गोरखाबाट सुन तस्करी हुँदै आएको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: