20 Sep 2020, 2:58 AM (GMT)

Coronavirus Stats Nepal

64,122 Total Cases
411 Death Cases
46,233 Recovered Cases

हिन्दू धर्मावलम्बीहरुको विश्वास जित्न गान्धीको मानसरोवर यात्रा

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीको कैलाश मानसरोवर यात्राको विवरण राष्ट्रिय कांग्रेसको आधिकारिक ट्विटर ह्यान्डलबाट सार्वजनिक भएको छ ।

गान्धी काठमाडौंबाट विमानमा तिब्बत पुगेर चिनियाँ हेलिकोप्टर प्रयोग गरी मानसरोवर पुगेको र यो यात्रामा चीनसँग गान्धीको निकटता रहेको दाबी गर्नेहरु पनि निकै रहेका छन् भने कतिपयले उनको मानसरोवर यात्रालाई हिन्दु मतदाता लोभ्याउन तयार पारिएको एक नाटक हो भन्नेहरुको पनि कमी भने छैन । यसरी चर्चा परिचर्चा भएपछि भारतीय राष्ट्रिय कांग्रेस पार्टीले गान्धीको यात्रासम्बन्धी विवरण सार्वजनिक गरेको हो । गान्धी उक्त पार्टीका अध्यक्ष समेत रहेका छन् ।
सार्वजनिक गरिएको विवरणमा गान्धीले ४६३ मिनेटमा ३४.३१ किलोमिटर पैदल हिँडेको तथ्यांक, उनले कुल ४६ हजार ४३३ कदम पैदल हिँडेको डाटा समेत ट्विटरमा उल्लेख गरिएको छ । भारतीय जनता पार्टीसँग निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसले कडा टक्कर दिनको लागि गान्धीले कैलाश मानसरोवर यात्रा गरेको हो भनेर आरोप लगाउनेहरु पनि प्रशस्त रहेका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

An employee arrested from Kathmandu with bribe

Kathmandu : Shiva Shankar Mahato, Deputy Subba of Commerce Supply and Consumer Protection Department, Babarmahal, ...

Translate »
%d bloggers like this: