तरुण दलका नगर अध्यक्षको गोली हानी हत्या

रोल्पा । आइतबार पूर्वी रोल्पाको सुलीचौर बजारभित्र रोल्पा नगरका तरुण दलका अध्यक्ष रोहित पुनलाई गोली प्रहार गरी हत्या गरिएको छ ।

पुन केही महिनाअघि मात्रै तरुण दल रोल्पा नगरको अध्यक्षमा चयन भएका थिए । पुनलाई एक स्थानीय रेष्टुरेन्ट भित्रै गोली प्रहार भएको हो । जुन रेष्टुरेन्ट सुलीचौरस्थित इलाका प्रहरी कार्यालय नजिकै रहेको छ ।

रोल्पा नगरपालिका–१० का देवबहादुर घर्तीलाई हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए । घटनापछि फरार रहेका अन्य केही युवाको खोजी थालिएको प्रहरीले जनाएको छ ।
रोल्पा नगरका सदस्य तथा नेविसंघका नेता शेरबहादुर थापाले आफ्ना कार्यकर्तालाई गोली हानेर हत्या गर्दा समेत राज्यले थाहा नपाउँदा दुःख व्यक्त गरेका थिए । एउटै टेबुलमै बसेका बेला विवाद उत्पन्न हुँदा पुनका साथी देवबहादुरले तीन गोली चलाएको र उक्त गोली पुनको मुटुमै लागेर घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी बताउँछन् ।
मृत पुनलाई गोली लागेपछिसुलिचौरमै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । अत्यधिक रक्तश्राव र मुटुमै गोली लागेकाले मृत्यु भएको स्वास्थ्य केन्द्र प्रमुख डा. प्रकृति भट्टराईले बताइन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...

Translate »