20 May 2022, 3:05 AM (GMT)

Coronavirus Stats Nepal

979,040 Total Cases
11,952 Death Cases
966,938 Recovered Cases

भारतमा हुने बिमस्टेक सम्मेलनमा नेपाली सेना सहभागी नहुन ओलीको निर्देशन

भारतको पुनामा सोमबारदेखि बिमस्टेक सुरु हुने भएको छ । उक्त बिमस्टेक राष्ट्रको प्रतिआतंकवादसम्बन्धी संयुक्त सैन्य अभ्यासमा नेपाल पर्यवेक्षकका रूपमा सहभागी हुने भएको छ । जसमा नेपाली सेनाका तीन जना अधिकृतले पर्यवेक्षकका रूपमा भाग लिन पाउने छन् ।

हालै मात्रै काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनको उद्घाटन कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुनामा बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास हुने निर्णय सार्वजनिक गरेका थिए ।
भदौ २५ देखि ३१ सम्म हुने उक्त संयुक्त सैन्य अभ्यासमा ३० सदस्यीय टोली पठाउने तयारी नेपाली सेनाले गरेको थियो । तर प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारूढ नेकपाभित्रैबाट चर्को विरोध भएपछि प्रधानमन्त्री केपी ओली त्यसमा सहभागी नहुन नेपाली सेनालाई निर्देशन दिएका थिए ।
बिमस्टेक सम्मेलनमा सहभागी हुने प्रतिबद्धता जनाएको थाइल्यान्डले पनि पछिल्लो समयमा आएर पर्यवेक्षकमात्र पठाउने निर्णय गरेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: