स्वास्थ्य सरुवामा विवाद चर्किँदै, अध्यक्षले च्यातिदिए चिठि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कार्यालयमा सरुवाको विवाद झन् चर्किँदै गएको छ ।
हालै मात्र गरेको १७ सय भन्दा बढीको कर्मचारी सरुवामा नियम र कानुन भन्दा पनि पहुँच र आर्थिक चलखेल हुँदा मन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा सुरेन्द्र यादव र सचिव डा पुष्पा चौधरीबीच विवाद उत्पन्न भएको छ । मन्त्री यादवले सरुवाको फाइल सदर गरेको भन्दै राज्यमन्त्री र सचिवले असहमति जनाएका हुन् ।

सरुवा भएका कर्मचारीको चिठी स्वास्थ्य सेवा विभागले सम्बन्धित जिल्लामा पठाउँदा मधेशी स्वास्थ्यकर्मी फोरमका अध्यक्ष बालकिशोर यादवले तीन दर्जन जति चिठी च्यातिदिएको विभागका कर्मचारी बताउँछन् । सरुवाको विषयलाई लिएर विभागका महानिर्देशक डा. गुणराज लोहनीबीच पनि फाटो आएको कर्मचारीहरु बताउँछन् ।
सरुवामा केही त्रुटी देखिएकाले सच्याउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदले बताए । उनका अनुसार पत्र च्यातेको विषयमा आफू जानकार नभएको बताएका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...