गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी हुँदै

काठमाडौं । आगामी असार १३ गतेदेखि भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी हुँदैछ । हाल यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि योग्य बनाउने काम भइरहेको छ । यो विमास्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न धानवमार्ग तयार भएको र टर्मिनल भवन निर्माण भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिए ।

प्राविधिक उपकरण ६ महिनाभित्रै जडान गर्ने र अन्तर्राष्ट्रिय उडानका जहाजलाई तीन महिनाको समय दिएर सूचना जारी गर्दैै विमानस्थल सञ्चालन गर्ने तयारी भएको प्राधिकरणले जानकारी दिए ।

एसियाली विकास बैंकको करिब साढे ६ अर्ब रुपैयाँ ऋणमा दक्षिण एसिया पूर्वाधार विकास आयोजनाले विमानस्थल निर्माण भईरहेको छ भने विमास्थलको भौतिक संचरनासँगै आवश्यक प्राविधिक उपकरण पनि जडान गर्न उपयुक्त कम्पनीमार्फत प्रस्ताव आह्वान तयारी भइरहेको छ । प्राधिकरणले एडीबीकोे ऋण सहयोगमा धानमार्गसहितको टर्मिनल भवनको निर्माण भइरहेको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

विमानस्थलका लागि आवश्यक भौतिक संरचना तयार हुँदै गइरहेकाले अगामी असारबाट अन्तर्राष्ट्रिय उडान गर्न सकिने श्रेष्ठको भनाइ छ । प्राधिकरणका अनुसार विमानस्थल सञ्चालन गर्न पहिलो चरणमा तीन हजार मिटरको धावनमार्ग बनाउने काम भइसकेको र हालको १५ सय मिटरको धावनमार्ग ट्याक्सी वे हुने भएको छ । दोस्रो चरणमा आन्तरिक कार्गो भवन र तेस्रो चरणमा पार्किङ वेसहितका काम हुने प्राधिकरणले जानकारी दिए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...