31 Oct 2020, 12:53 PM (GMT)

Coronavirus Stats Nepal

170,743 Total Cases
937 Death Cases
131,222 Recovered Cases

तरकारी बजारमा किसानका स्टल रहने प्रतिवेदन सार्वजनिक

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित रहेको तरकारी बजारमा अबबाट किसान स्टल पनि रहने भएको छ ।
व्यापारीहरुको स्टल मात्र हुँदा उपभोक्तालाई बढी मूल्य पर्ने र किसानले उचित मूल्य नपाउँदा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसानका स्टल राख्न लागिएको हो । कालिमाटी तरकारी बजारमा रहेको बेथिति हटाउन र सुधार ल्याउनको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित कार्यदलले किसानका लागि केही स्टल छुट्याउने प्रतिवेदनबाट सार्वजनिक गरिएको छ ।
कालिमाटी तरकारी बजारको कुन ठाउँमा किसानलाई स्टल दिने भनेर अध्ययन भइरहेको समितिका कार्यकारी निर्देशक तेजप्रसाद पोखरेलले जानकारी दिएका छन् । किसानले नै कालिमाटीमा स्टल राखेपछि व्यापारीसँग प्रतिस्पर्धा बढ्न गई तरकारीको मूल्य सन्तुलन हुने पोखरेलले बताए ।
किसानका स्टल सधैं एउटैको नहुने, जो किसान अघि आउँछ उसैले पहिला स्टल राख्न पाउनेछ, त्यसपछि मात्र अर्को किसानले स्टल राख्न पाउने पोखरेलले जानकारी दिए । उनका अनुसार किसानबाट उपभोक्तासम्म तरकारी आउँदा तीन बिचौलियाले ढुवानी तथा आफ्नो नाफा राखेर बेच्ने भएकाले उपभोक्तालाई तरकारीको मूल्य बढी पर्ने गरेको बताए ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा ५ सय २३ वटा स्टल रहेका छन् । जसमा १७ वटा सटरहरू खुला प्रतिस्पर्धाद्वारा भाडामा लगाइएको छ भने अन्य खुला स्टलहरू समितिलाई भाडा बुझाउने गरी दिइएको छ । एउटा स्टल एकजनाले भाडामा लिने, पुनः अर्कोलाई बढी भाडामा दिने हुँदा पनि तरकारी महँगो पर्न गएको हो व्यापारी बताउँछन् ।
केही समय अघि आफ्नो नाममा स्टल भाडामा लिएर बढी मूल्यमा अरुलाई दिएको पाइएको समितिले बताए । यस विषयमा समितिले स्पष्टिकरण सोधिएका मध्ये ६ वटा स्टलले कुनै जवाफ पठाएको थिएन । त्यसपछि समितिले असोज १ गतेदेखि लागू हुने गरी सम्झौता खारेज गरेको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Around 2 million corona infection cases have been reported in the past week

Kathmandu : The Coronavirus epidemic is growing rapidly worldwide, according to the World Health Organization ...

Translate »
%d bloggers like this: