निर्मला हत्या अनुसन्धानको म्याद १५ दिन थप, छानबिन समितिका सदस्य केसीद्वारा राजीनामा

काठमाडौं । १३ वर्षीया बालिका निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएका छन् ।
केसीले रिर्पोटर्स क्लबमा एक पत्रकार सम्मेलन गरी राजीनमा दिएका हुन् । पत्रकार सम्मेलनमा उनले १५ दिनका लागि गृहमन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा गठित समितिले अनुसन्धान टुंग्याइसकेको अवस्थामा थप १५ दिन समितिको म्याद थपिनु निर्मलामाथि न्याय नहुनु हो भन्दै राजीनामा दिएका हुन् ।

घटनाको छानविनको क्रममा सत्य तथ्य र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै क्रियाशील रहँदा आफू र आफ्नो परिवारमाथि खतरा हुन सक्ने सम्भावना रहेकाले केसीले नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोग, मानवअधिकार प्रवर्धन गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था, सरकार र राजनीतिक दल लगायतलाई जीवन रक्षाको माग गरेको राजीनामापत्रमा उल्लेख रहेको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...

Translate »