प्रतिबद्धताको अवधि नाघिसक्दा पनि बनेन लामोसाँघु–जिरी सडक

दोलखा । लामोसाँघु–जिरी सडकलाई १० दिनभित्र सुधार्ने प्रतिबद्धताको अवधि सकिएको छ । तर सडकको अवस्था भने अझै पनि नाजुक रहेको छ । जुन सडक दोलखाको ‘लाइफ लाइन’ मानिन्छ ।

उक्त सडकमा साना सवारीसाधन समेत चल्न कठिन छ । ठूला सवारीसाधन हिलो र खाल्डाखुल्डीले ठाउँठाउँमा फस्ने गर्छ । एक वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने सडक ठेकेदारको लापरबाहीले एक वर्षअघि नै सकिनुपर्ने सडक निर्माण कार्यमा ढिलासुस्ती भएपछि दोलखा सदरमुकाम चरिकोटमा प्रदेशसभा सांसदहरूले बैठक राखेका थिए । उक्त बैठकमा ठेकेदारहरूले १० दिनभित्र यातायात सजिलै चल्न सक्ने बनाउने लिखित प्रतिबद्धता जनाएका थिए । तर १० दिनको प्रतिबद्धता जनाए अनुसार समयावधि सकिँदा पनि सडक निर्माण कार्य भएको छैन ।
सडक निर्माण समयमै नहुँदा बिरामीको ज्यान समेत गएको छ । यसको लागि साताको एकपटक हेलिकप्टरबाट बिरामी ओसार्दा ठूलो आर्थिक भार थपिएको छ । स्थानीयहरु सिन्धुली खुर्कोट हुँदै मन्थली मार्ग प्रयोग गर्न बाध्य भएका छन् । तोकिएको समयमा ठेकेदारले निर्माण कार्य सम्पन्न नगर्दा यस्ता समस्याहरु भोग्नुपरेको हो । निर्माण कम्पनीको एकतर्फी लापरबाहीले सडक निर्माणमा ढिलाइ भइरहेको दाबी आयोजनाको छ ।
चार दशकअघि स्विस सरकारले निर्माण गरेको लामोसाँघु–जिरी सडक चौडा बढाउन भारतीय एक्जिम बैंकले लगानी गरिरहेको छ । उक्त सडक खण्डको खाडीचौरदेखि मुढेसम्मको २५ किलोमिटर निर्माणको जिम्मा लिएको सुनौलो खिम्ती कालोसूची र मुद्दामालामा फसेपछि सडकको अवस्था नाजुक हुँदै गएको हो । १० दिनभित्र सडक सुधारेर यातायात सञ्चालन हुन नसक्नुमा नियमित वर्षा कारण बनेको आयोजना प्रमुख केदार नेपाल बताउँछन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...