भारतले बढाए एयर मार्सल संख्या, नेपाली अधिकारीहरु अनभिज्ञ

काठमाडौं । भारतीय सुरक्षा एजेन्सी र हवाई सेवासम्बन्धी निकायहरुलाई प्राप्त गोप्य सूचनाको आधारमा भारत सरकारले काठमाडौं जाने विमानहरुमा एयर मार्सलको संख्या वृद्धि गरेको छ ।
काठमाडौं र काबुल उडानका भारतीय विमान अपहरण हुने सूचना कहिले प्राप्त भयो भन्ने कुरा अधिकारीले खुलाएका छैनन् । यस विषयमा काठमाडौंस्थित सरकारी अधिकारीहरु पनि अनभिज्ञ रहेका छन् । एयर मार्सलको संख्यामा बृद्धि गर्न गृह मन्त्रालयको पूर्व स्वीकृति लिएर सम्बन्धित निकायलाई जानकारी दिनुपर्ने हुन्छ । तर, संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण यस बारे जानकार नभएको प्राधिकरणका सहसचिव सुरेश आचार्यले बताए ।
सन् १९९९ मा दिल्लीबाट काठमाडौं जाँदै गरेको एयर इण्डियाको विमान अपहरणमा पर्दा भारतले विमान कम्पनीहरुमा नेसनल सेक्युरिटी गार्डका कमाण्डोहरु खटाइएको थियो । नेपाल सरकारले एयर मार्सल राख्न अनुमति दिएदेखि यो विषय विवादित रहँदै आएको छ । भारतले आफ्ना विमानहरुमा २ देखि ६ जनासम्म एयर मार्सल तैनाथ गर्दै आएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...

Translate »