सिर्दिबासमा भेटिएको १० किलो सुन चिनियाँ नागरिकको रहेको खुलासा

गोरखा । शनिवार उत्तरी गोरखाको सिर्दिबासमा भेटिएको १० किलो सुन चिनियाँ नागरिकको रहेको खुलासा भएको छ ।
सुनसहित पक्राउ परेका चुमनुब्री गाउँपालिका ७ छेकम्पारका ५८ वर्षिय मुटुप लाम र २८ वर्षिय लोप्चन तेन्वेले प्रहरी अनुसन्धानबाट उनीहरु भरिया भएको र उक्त १० किलो सुन चिनियाँ नागरिकको रहेको प्रहरी प्रमुख एसपी बिमल बस्नेतले खुलासा गरेको छ ।

प्रहरी चेकजाँचको क्रममा १० किलो सुन प्रहरीले बरामद गरेर सदरमुकाम ल्याई सोमबार पत्रकार सम्मेलनमा उक्त घटना सार्वजनिक गरेको हो । पक्राउ परेका दुई जनाबाट पाँच÷पाँच किलो सुन र आठ तोला तयारी गहना भेटिएको सम्मेलनमा बताइएको थियो ।
पक्राउ परेका दुबै जनाले पहिलोपटक सुन बोकेर काठमाडौं जान लागेको बताए । तिब्बतमा खाद्यान्न सामग्री लिन जाँदा आउँदा जोङ भन्ने स्थानमा पासाङ भन्ने ब्यक्तीसंग चिनजान भएको र एक चिनियाँ नागरिकको कुरा भएको थियो । उनै चिनियाँ नागरिक च्याङ्चिनले सुन काठमाडौं पु¥याए बापत नेपाली ५० हजार दिन्छु भनेकोले उनीहरुले १० किलो सुन बोकेर आएको बताए ।
मुटुप लामा एक÷एक किलोको ५ वटा गलबन्दीमा सिलाएर बेल्ट बनाएर बोकेका थिए भने लोप्चन तेन्वेले झोलामा राखेर पछाडि भिरेर तिब्बतबाट नेपालको नाकासम्म आएका थिए । त्यसपछि उनीहरु पैदल हिडेर छेकम्पार आएको बताए । उत्तरी गोरखाको प्रवेश नाका सिर्दिबासबाट सदरमुकाम तर्फ झर्ने क्रममा प्रहरीले चेकजाँच गर्दा दुई जनालाई पक्राउ गरेको थियो ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...