अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर वृद्धि गरेसँगै चिनीयाँ कम्पनीहरुले उक्त करबाट बच्नको लागि नयाँ तरिका अपनाएका छन् । चीनमा निर्मित हुने वस्तुहरुमा लोगोहरुमा भियतनाम, सर्बिया र मेक्सिकोको नाम छाप्न थालेका छन् ।
राष्ट्रपति ट्रम्पले चिनीया बस्तुमा २५ प्रतिशत कर वृद्धि गरेदेखि चीन र अमेरिकाबीच केही महिनादेखि व्यापारिक तनाव चुलिएको छ भने चीनले पनि प्रतिशोध स्वरुप अमेरिकी आयातमा कर वृद्धि गरेको छ ।
बाइकदेखि टायर, प्लास्टिकदेखि टेक्स्टाइलसम्मका चिनीया कम्पनीहरुले कारखानाहरु अन्य देशतर्फ स्थानान्तरण गरिरहेका छन् । सरकारलाई जानकारी दिएरै स्थानान्तरण गरिएका यी कम्पनीको मुख्य उद्देश्य नै अमेरिका प्रवेश गर्ने वस्तुमाथि लाग्ने अतिरिक्त कर हो ।
त्यस्तै कर वृद्धिकै कारणले खेलौना निर्माता कम्पनी हास्ब्रो, क्यामेरा निर्माता ओलम्पस, जुत्ता निर्माता डेकर्स एन्ड स्टीभ म्याडेन समेतका अरु पनि महत्वपूर्ण कम्पनीहरु चीनबाट पलायन हुन लागेकामा बेइजिङले चिन्ता व्यक्त छ । करबृद्धिको प्रभावबाट बच्न कतिपय कम्पनीहरु पलायन हुने क्रममा छन् ।