काठमाडौँ । काठमाडौँको ठमेलस्थित आज ज्याथा क्षेत्रमा भीषण आगलागी भएको छ ।
आगलागीबाट कम्तिमा दुई घर जलेका छन् भने एउटा घरमा क्षति भएको छ । आगलागी जमलको एल्लो प्यागोडा होटेलबाट भित्रतर्फको सानो गल्लीमा अवस्थित सुनिलजंग स्थापितको घरमा रहेको ट्राभल एजेन्सीको कार्यालयबाट हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।
प्रहरीका अनुसार आगो लागेपछि हिमाल आरोहणका क्रममा प्रयोग गरिने अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीयबीच भागदौड चल्दा केही घाइतेसमेत भएका छन् । झण्डै चार दर्जन अक्सिजन ग्यास सिलिन्डर पड्किएको प्रहरीले जानकारी दिएका छन् ।