26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

झापामा खेमराजको छुरा हानी हत्या

काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिका–६ बस्ने ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको छ । पौडेल एक कपडा व्यवसायी थिए ।
पौडेलको शव बाह्रदसीस्थित विनोद यादवको खेत नजिकै रहेको नालामा फालिएको थियो । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा उनको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल फोन र व्याग फेला परेको छ । हत्यामा संलग्न भएको आशंकामा गौरीगञ्जका सद्धाम हुसेनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पौडेल र उनकी श्रीमती पसलको उधारो रकम उठाउन गौरीगञ्ज बजार पुगेका थिए । श्रीमतीलाई खाजा पसलमा छाडेर मे ७ प १९०४ नम्बरको मोटरसाइकलमा सद्धाम हुसेनलाई सँगै लिएर उधारो रकम उठाउन गएका थिए ।

पौडेल राति अबेरसम्म पनि नफर्किएपछि अपहरण परेको भनी पौडेलकी श्रीमतीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जानकारी गराएको प्रहरीले बताए । अपहरणको सूचना पाएसँगै पौडलको रातभर खोजतलास गरिएको थियो । प्रहरीका अनुसार पौड्लको शव बिहान मात्र भेटिएको बताए । लेनदेनको विवादमा हुसेनले उनलाई छुरा प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: