यौन व्यवसायलाई व्यवस्थित बनाएर लैजानुपर्छः पृथ्वीसुब्बा गुरुङ

Spread the love

पोखरा । मंगलबार होटल संघ नेपालले पोखरामा आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा हुने यौन व्यवसायलाई व्यवस्थित बनाएर लैजानुपर्ने बताएका छन् ।

कार्यक्रममा रेडलाइट एरिया खोल्नु पर्ने कि त रडेलाइट नखुल्ने हो भने यौनकर्मीको परिचयपत्र दिनुपर्ने भन्दै उनले यौनकर्मीलाई परिचय पत्र दिएर पछि कर उठाउने व्यवस्था गनुपर्ने बताए ।
अहिले जति रोक्न खोजे पनि यो धन्दा भएको र यसो नगर्दा अहिले कतिपयलाई कमाउ धन्दा भएको उनी बताउँछन् । लुकेर धन्दा चलिरहँदा केही निश्चित मान्छेले मात्रै फाइदा लिएको उनको भनाइ रहेको छ । कर्मचारी बिदा मनाउन आउँदा यौनकर्मी खोज्दै लेकसाइड जाने गरेको हुनाले पोखराको लेकसाइडलाई २४ सै घण्टा खुलाउनु पर्ने कार्यक्रममा बताए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

पोर्चुगलमा दुई नेपाली दाजुभाई को दुबेर मृत्यु

Spread the love धादिङ थानेबास गाँउपालिका घर भई हाल बाराको सिमरामा बसोबास गर्दै आइरहेका ४४ ...

Translate »
%d bloggers like this: