31 Oct 2020, 1:23 AM (GMT)

Coronavirus Stats Nepal

170,743 Total Cases
937 Death Cases
131,222 Recovered Cases

अठार वर्षीय लक्ष्मीको बलात्कार गरी हत्या

काठमाडौं । अहिले बलात्कारको घटनाहरु धेरै आइरहँदा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ की १८ वर्षीय लक्ष्मी नेपालीलाई बलात्कार गरी हत्या गरेको छ ।
हत्याराको बारेमा किटानी जोहरी दिँदा पनि प्रहरीले अपराधीलाई पक्राउ गर्न ढिलाई गरेको पीडित परिवारले आपत्ति जनाएको छ । भदौ ७ गतेबाट बेपत्ता भएकी लक्ष्मी मृत अवस्थामा भेटिएको रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा पीडित परिवारले बताएका छन् । पिडित परिवारका अनुसार छोरी लक्ष्मी भदौ ७ गते दिउँसो ४ बजेदेखि सम्पर्कविहीन भएकी र भदौ १५ गते का दिन काठमाडौं वडा नम्बर ३ स्थित् बसुन्धरास्थित् स्पिड गेष्ट हाउसको कोठा नं. १०१ मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको मृतककी बुवा तुलामान नेपालीले बताए ।
पत्रकार सम्मेलनमा लक्ष्मीको हत्यारा खोटाङका अनिल परियारको नाम तुलमानले जाहेरी गरेको बताए । छोरी वेपत्ता भएको ४ दिनसम्म छोरीको मोबाईलमा फोन लाग्दा पनि प्रहरीले पक्राउ गर्न नसकेपछि गृहमन्त्री रामबहादुर थापा बादललाई समेत भेटेर न्याय दिन आग्रह गरेको तुलमानले बताए । हत्याराको पहिचान गरी उसलाई कडाभन्दा कडा कारबाही गर्न पिडित परिवारले माग गरेका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Around 2 million corona infection cases have been reported in the past week

Kathmandu : The Coronavirus epidemic is growing rapidly worldwide, according to the World Health Organization ...

Translate »
%d bloggers like this: