काठमाडौं । इसाईहरूलाई कागजमा हस्ताक्षर गर्न लगाएर आफ्नो धर्म छोड्न लगाएपछि चीनको राजधानी बेइजिङ लगायत अनेक शहरहरूमा बाइबल जलाई, होली क्रस भाँचेर चर्चहरू बन्द गराएका छन् ।
सबै धर्मलाई चिनियाँकरण गरेर कम्युनिस्ट पार्टीप्रति बफादारिताको आदेश दिँदा यो घटना भएको हो । अमेरिकामा रहेको समूह चाइना एडका बब फुले हेनान प्रान्तमा चर्चहरू बन्द गरिएको र बेइजिङको प्रमुख चर्च सञ्चालन गर्न नदिएपछि राज्यको दमनमा वृद्धि भएको बताएका छन् ।