काठमाडौं । प्रहरीले योङ कम्युनिष्ट लिग (वाईसिएल) सिन्धुलीका अध्यक्ष पुष्पराज श्रेष्ठलाई काठमाडौंको रातोपुलबाट गिरफ्तार गरेको छ ।
श्रेष्ठले ठेक्केदारमाथि धम्क्याएको आरोपमा गिरफ्तार गरेको प्रहरीले जनाएको छ । श्रेष्ठले केही समय अघिदेखि आफ्नो घर निर्माण गर्न ठेक्केदारलाई जिम्मा दिएका थिए । ठेक्केदारले पैसा माग्दा उल्टै पेस्तोल देखाएर धम्की दिएको प्रहरीले जानकारी दिए । श्रेष्ठले यसअघि एउटा अपहरण, ४ वटा ज्यान मार्ने उद्योग र २ वटा सार्वजनिक अपराधमा सजाय पाईसकेका छन् ।