26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

अव्यवहारिक रुपमा कर उठाउँदा नगरबासीहरुको विरोध

तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिकाले अव्यवहारिक रुपले कर उठाउँदा नगरबासीहरुले विरोध गरेका छन् ।
नगरबासीहरुले विरोध गरेपछि नगरपालिकाले बिहीबार बसेको २२औँ बैठकमा गिटी, ढुंगा, बालुवा संकलन र शुक्रबारे हटियाबाट उठाइने कर तत्कालको लागि रोक्ने नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले बताए ।
नगर कार्यपालिकाको बैठकले ढुंगा, गिटी र बालुवाको राजश्व संकलन गर्न ईआईए सर्वे गर्ने निर्णय गरेको तुम्बाहाम्फेले जानकारी दिए । यसैबीच म्याङ्लुङ नगरपालिकाले जिल्ला अस्पतालमा प्रसुति हुन आउने नगर क्षेत्रका महिलाहरुलाई एम्बुलेन्स खर्च उपलब्ध गराउने जानकारी दिएका छन् । प्रसूति हुन जाँदा आउँदा एम्बुलेन्सका लागि लाग्ने खर्च बिल अनुसार भुक्तानी नगरपालिकाले व्यहोर्ने उपप्रमुख पार्वती सानु डाँगीले जानकारी दिइन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: