सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा स्थानीय बस्ती जोखिममा

चौधरी ग्रुपद्वारा निर्माण भईरहेको पर्वत र कास्कीको सिमानामा निर्माणाधीन मध्यमोदी जलविद्युत आयोजनाको काम पाँच दिनदेखि ठप्प भएको छ ।
निर्माणका क्रममा सुरुङभित्र बम विस्फोट गर्दा घर चर्किँदा बासिन्दाहरु आन्दोलित भएपछि उक्त कार्य रोकिएको हो । मध्यमोदी जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाहरुको विभिन्न मागका कारण आइतबारदेखि आयोजनाको कार्यालयमा तालाबन्दी गरिएको छ । सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा स्थानीय बस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले पुनर्वासको माग गरेका छन् ।
बम विस्फोटनले मोदी गाउँपालिका वडा नं. २ देउपुर अन्तर्गतका ५७ घर धुरी र वडा नंं १ अन्तर्गत ३२ घरधुरी क्षति भएको छ । प्रभावित क्षेत्रका स्थानीयवासीले यस विषयमा जिल्ला प्रशासनलाई जानकारी गराएको भए पनि कुनै सुनुवाइ नभएपछि तालाबन्दी गरेको स्थानीयले बताएका छन् ।
आगामी मंसिरमा सम्पन्न गर्ने भनिएको उक्त १५ दशमलव १ मेगावाट क्षमताको जलविद्युत् आयोजना कार्य लक्ष्यअनुसार भइरहेको छैन । तर, निर्माणको काममा भएको ढिलाइले समय लाग्नुका साथै लागत पनि बढ्ने अवस्था देखिएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...