काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सचिवालय बैठकमा पार्टीको सांगठनिक एकीकरणको विषय बारे छलफल गरिएको छ ।
उक्त बैठकले निर्णय गर्ने जिम्मेवारी दुई अध्यक्षलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । सांगाठनिक विषय टुँगो लगाउन केपी शर्मा ओली र पुष्पकमल दाहालबीच थप छलफल हुने प्रवक्ता श्रेष्ठले बताएका छन् ।
